माता भगवती आदिशक्ति जगतजननी जगदम्बासँग पूर्ण एकाकार ब्रम्हऋषि परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा समाजलाई माता भगवतीको साधना–आरधना गर्दै भक्ति, ज्ञान एवम् आत्मशक्तिले परिपूर्ण, नशा–मांशाहार तथा भय, भोक र भ्रष्टाचारबाट मुक्त चरित्रवान, चेतनावान तथा सद्भावनापूर्ण समाजको निर्माण गर्दै धर्मरक्षा, राष्ट्ररक्षा एवम् मानवताको सेवाको कर्तव्यबोध गराउन भगवती मानव कल्याण संगठनको गठन गरिएको छ।
समाज
मा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै जातिभेद–छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मुल सनातन संस्कृति ऋषिकालिन परम्पराको कडीसँग जोड्दै चेतनावान, कर्मवान, सामथ्र्यवान, आत्मवान, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माण हेतु यो संगठन सतत् सक्रिय रहेको छ।
यसै लक्ष्य अन्तर्गत “नशामुक्त नेपाल, खुशीयाली नेपाल” भन्ने मूल नाराका साथ समाजमा जनचेतना फैलाउँदै हजारौँ ब्यक्तिहरुलाई नशामुक्त गरिएको छ। यदि तपाईहरुको घर–परिवार, टोल–छिमेक, आफन्त–इष्टमित्रहरुबीच पनि नशाको कुलतबाट ग्रसित ब्यक्तिहरु हुनुहुन्छ भने यो संगठन उहाँहरुमा आध्यात्मिक चेतना जगाउँदै सुधारको मार्गमा अग्रसर गराउन सक्षम तथा प्रतिबद्ध रहेको छ। साथै योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै मानव जीवनलाई सार्थक बनाउन चाहनुहुन्छ भने एकपटक अवश्य सम्पर्क राख्नुहोला।
(नोटः यो संगठनद्वारा आयोजना गरिने सम्पूर्ण साधनात्मक क्रमहरु तथा क्रियाकलापहरु निःशुल्क रहेको छ।)