15/02/2026
आज महाशिवरात्रीको पर्वको पालन खुबै हर्षोल्लासको साथ श्री श्री श्री रामेश्वर महादेव धाममा पालन गरियो। पूजामा धेरै मात्रामा भक्तजनको भिड रहेको थियो। मन्दिरको स्थापन पश्चात् पहिलो महाशिवरात्री पर्व रहेको हुनाले सबै श्रद्धालुहरुको अपार साथ र सहयोगले खुबै धुमधाम संग आजको दिनको कार्यक्रमहरु सम्पन्न गरियो। सम्पूर्ण भक्तजनलाई मन्दिरको पक्षबाट धन्यवाद दिन चाहन्छौं।
जय शिव शम्भु।