28/09/2025
प्रेस विज्ञाप्ती.
गत: तारिक २६ सितम्बर २०२५ देखि सामाजिक संजालमा एस पि शर्माको फेसबुक पेजबाट एउटा विडियो क्लिप चलिरहेको हामीले देखिरहेका छौ I यो विडियो जुनै संद्धर्वमा पोष्ट भएतापनि हामीलाई कुनै सरोकार थिएन अनि यो पोष्ट हेर्दा अन्य धर्म र गूरुजनहरुको बारेमा पनि बोलिएको देखिएको छ तर केवल ख्रीष्टियजनहरुको आस्थालाई अवहेलना गर्दै कुनै ब्याक्तिको मजाक उड़ाउनुलाई येशू ख्रीष्टको परिहनमा राजनीति नेताको अनुहार प्रयोग गर्नु कहाँसम्मको बुद्धिमता हो ? यो पहाडमा सबै धर्म सम्प्रदायका मानिसहरु युगौदेखि मिलेर बसेका छन् अनि आजसम्म कुनै प्रकारको धार्मिक द्वन्द भएको थाहा छैन I तर एस पि शर्माको यो पोष्टले पहाडमा के संदेश दिनु खोजेको हो ? हामी युनाईटेड ख्रीष्टयान माइनोरिटी अर्गनाजेसन केद्रीय समिति साथै सम्पूर्ण ख्रीष्टिय सम्प्रदाय उक्त बिषयमाथि खेद प्रकट गर्दछौ I कुनै पनि धर्म सम्प्रदायका आस्थाका कुराहरुलाई राजनीतिक आखाड़ामा ल्याउने यो संस्कारलाई हामी बिरोध गर्दछौ I यसर्थ उक्त विषयमा एस पि शर्माले चाँडो भन्दा चाँडो ख्रीष्टिय समुदायलाई सामाजिक संजालमा आएर क्षमा माग्ने आग्रह गर्दछौ साथै प्रशासनले पनि यस्ता संवेदनशील बिषय माथि नजर राख्ने निवेदन गर्दछौ I सम्पूर्ण ख्रीष्टयान समुदायलाई पहाडको शान्तिको निम्ति प्रार्थना गर्न हामी युनाईटेड ख्रीष्टयान माइनोरिटी अर्गनाजेसन केद्रीय समिति अनुरोध गर्दछौ I
सभापति महासचिव
केन्द्रिय कार्यकरणी समिति केन्द्रिय कार्यकरणी समिति
यु.सी एम. ओ यु.सी एम.ओ