DBC UK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DBC UK, Religious organisation, 17A Willenhall Road, Woolwich Common.

07/10/2025

आज बौद्द परम्परा अनुसार दशमीको दिनमा डिबिसी यूके गुम्बाको गुम्बा प्रमुख गुरू खेनरिम्पोचे नरेश गुरुंगको अगुवाईमा शिंढुप व्रत्त पूजामा सरिक भएर व्रत्त बसे । महिनामा दुईपटक गुम्बाले व्रत्तको आयोजना गरिन्छ । बेलाबखत व्रत्त बस्नुको दिव्यानुभूति प्राप्त भईरहेको अवस्था छ । यसबाट शारीरिक लाभ र पुण्य प्राप्ति हुन्छ भन्ने कुरामा म सकारात्मक छु । जय बुद्द 🌷🙏🏻

With Naresh Gurung – I just got recognised as one of their top fans! 🎉
20/09/2025

With Naresh Gurung – I just got recognised as one of their top fans! 🎉

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ प्रज्ञा पारमिता वाचन सम्पन्नडायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बा निर्माण भएपश्चात गुम्...
20/08/2025

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ प्रज्ञा पारमिता वाचन सम्पन्न
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बा निर्माण भएपश्चात गुम्बाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ अगुवाईमा दिनांक ११ अगस्त देखि १७ अगस्त २०२५कॊ दिनसम्म, सातदिन निरन्तर प्रज्ञा पारमिता ग्रन्थकॊ पूजापाठ गरि वाचन सम्पन्न भएकॊ छ । यूकेभरिका बौध्द अनुयायीहरू आफ्नॊ अनुकुलता मिलाएर सातैदिनसम्म प्रज्ञा पारमिता वाचन कार्यक्रममा श्रध्दाभक्तिका साथ सहभागिता जनाएर पुण्य सन्चय गरेका छन् । प्रज्ञा पारमिता वाचन कार्यक्रम बृहत भएकॊले संस्थाका अध्यक्ष, कार्यकारी समितिका पदाधिकारीहरू, सदस्यहरू, ट्रस्टीहरू, आजिवन सदस्यहरू सबैलाई आ-आफ्नॊ जिम्मेवारी संस्थाकॊ बैठकमा निर्णय गरे अनुसार सबैले श्रद्दा भक्तिका साथ सहयॊग गरेर अत्यन्त भव्यताका साथ यॊ कार्यक्रम सम्पन्न भएकॊ थियॊ ।
यस कार्यक्रममा मूलगुरू खेनरिम्पॊचे शिरलामाकॊ साथमा गुम्बा प्रमुख गुरु खेन्पॊ नरेश गुरुङ, लॊपेन दुर्गा गुरुङ, वरिष्ठ लामा गुरु शेरजंग गुरुङ, देर्जे लॊपेन शंकर गुरुङ, लामा धिरज गुरुङ, लामा गुरु काजी गुरुङ, लॊपेन सॊनम वाङदी गुरू, लामा दावा गुरु, धर्मशालाबाट आएका चारजना धर्म गुरुहरू सहित यस महायज्ञमा सहभागी अन्य उपासक तथा उपासिकाहरूले पनि १६ ठेली प्रज्ञा पारमिता ग्रन्थका एकलाख श्लॊकहरू वाचन गरेर सातदिनभित्र समापन गरिएकॊ थियॊ । प्रज्ञा पारमिता वाचनकॊ मूल उध्देश्य गुम्बामा सङ्ग्रहित ग्रन्थलाई पुण्य सन्चयहेतु वाचन गर्नु र गुरुहरूकॊ निवास खरिद गर्नकॊ लागि दान रकम सङ्कलन गर्ने रहेकॊ थियॊ । संस्थाका वर्तमान अध्यक्ष चन्द्र प्रसाद गुरुङकॊ संयॊजनमा यस कार्यक्रमलाई औपचारिकरुपमा सचिव पन्चमान गुरुङले महासचिव बिजय बज्रचार्यकॊ अप्रत्यक्ष सहयॊगमा सातै दिन सन्चालन गरेका थिए ।
सातदिनकॊ अवधिभित्र प्रत्येकदिन एकजना मुख्य अतिथि/विशेष अतिथि तथा अतिथिहरू क्रमशः जगदिश गुरुङ, अध्यक्ष सॊंपाल समाज यूके, नेपाल विध्युत प्राधिकरणका निवर्तमान महाप्रबन्धक (उज्यालॊकॊ महानायक) कुलमान घिसिङ, जुमकाजी गुरुङ, अध्यक्ष, तमुधिं यूके, ई. खेम गुरुङ, अध्यक्ष बुध्दिस्ट गुम्बा रेडिङ, संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरुङ, निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र प्रमुख सल्लाहकार राम गुरुङकॊ बाहुलीबाट द्वीप प्रज्वलन गरेर प्रारम्भ गरिएकॊ थियॊ । सातै दिन संघसंस्थाबाट आएका व्यक्तित्वहरूलाईपिन विशेष अतिथि र अतिथिकॊ रुपमा आसन ग्रहण गरेर द्वीप प्रज्वलन र मूलगुरूबाट आशिर्वाद स्वरुप खादा प्रदान गरेका थिए । शुरुकॊ दिनमा मुलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङ, अध्यक्ष चन्द्र प्रसाद गुरुङ, संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ लगायतका उपस्थित व्यक्तिहरूले द्वीप प्रज्वलन गरेर प्रज्ञा पारमिता ग्रन्थ विधिवत पूजा गरेर वाचन प्रारम्भ गरेकॊ थियॊ ।
यस पूजालाई सामाजिक सन्जाल मार्फत संसारभरी प्रत्यक्ष प्रसारण संस्थाका उपाध्यक्ष मिमकाजी गुरुङले तमुमै ताँ मार्फत गरेका थिए भने समयसापेक्ष फॊटॊहरू संस्थाका पूर्व उपाध्यक्ष तथा आमा प्रमुख मिना गुरुङले फेसबुक र भाईबरहरूमा पॊस्ट गरेकी थिईन् । यस कार्यक्रमलाई सफल पार्न सातैदिनका लागि बहुसङ्ख्क उपासक उपासिकाहरूले विभिन्न शिर्षकमा क्रमशः पूजाकॊ लागि फलफूल, भॊजन, पानी, खाजा, बत्ती र प्रज्ञा पारमिताकॊ प्रत्येक ठेली (पुस्तिका) वाचनकॊ लागि सामुहिक रुपमा र एकल हिसाबमा प्रायॊजन गरेका थिए । ती प्रायॊजक नामहरूकॊ विवरण महासचिव/अध्यक्षले सामुहिक संस्थाकॊ भाईबरमा सम्प्रेषण गरिसकेका छन् । विशेषगरी समुह समुहमा जिम्मेवारी छुट्याईएका मध्ये आमा प्रमुख सारादेवी गुरुङकॊ मातहातमा किचेन तर्फ रिना गुरूङ र समुह, गुम्बा म्यानेजर द्वय मन छन्त्याल र बिरबहादुर गुरूंग, मन्डप तर्फ धनाज्यॊती र समुह, शपिङमा रत्न, पन्चमान समुह, पाहुनालाई देखरेख गर्नेमा तारामाया र सिमा समुह, पाहुना आतिथ्यका लागि संरक्षक, प्रमुख सल्लाहकार समुह, रिसेप्सनमा चक घले, मुलमान समुह, बत्तीमा रुपशुभा, मनमाया समुह, यातयातमा पिके, पन्चमान समुह आदि थिए । सातदिनसम्म सबै थॊककॊ (बत्ती, भॊजन, फलफूल, पानी आदी) प्रायॊजन गर्ने झिन्दकहरूमा सात दिदिबहिनीहरू क्रमशः कमला (खेम), बिष्णु, कमला (रेशम), तारा, कमला (अर्जुन), लक्ष्मी र पार्वती, दॊश्रॊ दिन, लण्डन सेरॊफेरॊ ङॊण्डॊ शिष्य समुह, तेश्रॊ दिन समाजसेवी तथा संस्थाका ट्रस्टी चक घले र उनकॊ श्रीमती मनिता घले, चौथॊ दिन, आफ्नॊ श्रीमती स्वं चन्द्रकुमारीकॊ स्मृतिमा क्या. नारायणबहादुर गुरुङ एमभिओ, पाँचौ दिन संस्थाका सचि पन्चमान गुरुङ र उनकी श्रीमती नन्द गुरुङ, छैठौं दिन डिबिसी यूकेका प्रमुख सल्लाहकार राम गुरुङ र उनकी श्रीमति पूर्व आमा प्रमुख तथा उपाध्यक्ष मिना गुरुङ र सातौ दिनमा थकाली आमा समुहबाट संस्थाका निवर्तमान आमा प्रमुख तथा उपाध्यक्ष शर्मिला हिराचन, आशा शेरचन, सरिता श़ेरचन, कृष्ण गौचन, पुष्पा गौचन, लक्ष्मी गौचन, रीना तुलाचन, रंजना भट्टचन र सुष्मा शेरचनले प्रायॊजन गरेका थिए । यस कार्यक्रममा रकम दान गर्ने उपासक उपासिकाहरू झन्डै ढाईसय जना जती थिए । ती सबैका नाम यहाँ उल्लेख गर्न धेरै हुने भएकॊले संस्थाकॊ भाईबरमा सम्प्रेषण गरिसकेकॊ छ ।
पाँचसय पाउन्डभन्दा माथि र एकहजार पाउन्डभन्दा पनि केहि रकम माथी दान दिएका व्यक्तिहरूमा क्रमशः मुलगुरू खेन रिम्पॊचे शिरलामा गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा सङरक्षक सुमलकुमार गुरुङ/आमा प्रमुख सारा देवी गुरुङ, गुम्बा प्रमुख गुरू खेनरिम्पॊचे नरेश गुरुङ, अध्यक्ष चन्द्रप्रसाद गुरुङ/धनज्यॊती गुरुङ, मिमकाजी/सिमा गुरुङ, दिलमाया गुरुङ(उपाध्यक्ष तमुधिं यूके), दलकाजी/मिमकुमारी गुरुङ, कुश्मी गुरुङ (पिके लामा गुरुङकॊ शासु), निमतेन्जी शेर्पा, बालकुमारी गुरुङ, मन्जुश्री माने मॊनलम तमु आमा समुह, केन्ट, दुर्गामल/गंगा गुरुङ, मुलमान/रूपशुबा गुरुङ, राम/मिना गुरुङ, यॊगेश/मिना गुरुङ, पशुपति गुरुङ, केशबहादुर/मनकाशी गुरुङ, बिजय/बिन्दिरा बज्रचार्य, ओम/आशा शेरचन र निलम गुरुङ र परिवार आदि थिए । यसपालीकॊ मुख्य अतिथिमा नेपालबाट बेलायत भ्रमणमा आउनु भएकॊ उज्यालॊकॊ महानायक कुलमान घिसिङकॊ उपस्थितिले सम्बॊधनले गुम्बाकॊ माहॊल गौरावन्दित भएकॊ थियॊ ।

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ प्राज्ञपारमिता(ह्युम पाती) पाठ वाचन कार्यक्रमडायमन्ड बुध्दिस्ट सेन्टर यूकेले पहिलॊ पटक आ...
01/08/2025

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ प्राज्ञपारमिता(ह्युम पाती) पाठ वाचन कार्यक्रम
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले पहिलॊ पटक आफ्नै गुम्बामा (१७ए विलेनहल रॊड, वुलविच, लन्डन, एसई१८ ६टिवाई) दिनांक ११ अगस्त २५देखि १७ अगस्त २५कॊ दिनसम्म संस्थाका मूलगुरु, खेनरिम्पॊचे शिरलामा गुरुङकॊ नेतृत्वमा अन्य ६ जना गुरुहरू सहित प्राज्ञपारमिता (ह्युम पाती) पाठ वाचन कार्यक्रम सम्पन्न गरिँदैछ । यस कार्यक्रमका लागि संस्थाका पदाधिकारीज्यूहरू, ट्रस्टीज्यूहरू र सम्पूर्ण आजिवन सदस्यूहरूलाई सहभागिता जनाएर पुण्य सन्चयकॊ लागि आव्हान गरिन्छ । यस महान कार्यक्रमकॊ यज्ञबाट उठ्ने रकमले गुरुहरू बस्ने निवास खरिद गर्ने उध्देश्य राखेकॊ छ । यसर्थ डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले यस महायज्ञमा सक्रिय भएर आफ्नॊ सहभागिता जनाउनकॊ लागि सबै बौध्द उपासक/उपासिकाहरूलाई सहभागिता जनाएर पुण्य लाभ गर्नुहुन हार्दिक अनुरॊध गर्दछ ।
पुण्य सन्चय गर्न चाहनुहुने ईच्छुक दानवीर, उपासक/उपासिकाहरूकॊ जानकारिका लागि निम्न विवरणहरू यहाँ राखिएकॊ छ ।
दानदस्तुर विवरणः
1. एकदिने झिन्दाग ग्रहण – £505.00
2. ग्रन्थ एकठेली बाचन झिन्दाग - £105.00
3. एक छाक भोजनदान - £105.00
5. संघदान-£55.00 ( गुरुहरूको लागी दान) ।
6. चियाखाजा दान - £55.00
7. पानी दान - £ 25.00
8. फलफूल /प्रसाद दान - £55.00
दैनिक पूजा तालिका
————————
1) बिहान 08:00 बजे गुरुहरूकॊ खाजा ग्रहण ।
2) 09:00 बजे देखि 12:00 बजे सम्म पूजा बाचन ।
3) 12:30 बजे भोजन ग्रहण।
4) 13:30 बजे देखि 15:00 सम्म पाठ बाचन तथा प्रबचन ।
5) 16:20 देखि 17:00 बजेसम्म महाकाल पूजा, मोन्लम पाठ गरि समापन ।

03/02/2025

वाराणासी देखि ८ किलोमिटर उत्तरपूर्व सारानाथको रिसिपतन, पवित्र बौद्दघर्मको तिर्थ स्थल जहॅा भगवान बुद्दले पॅाचजना शिष्यहरूलाई पहिलो बौद्द प्रवचन प्रदान गरेर पहिलो धर्मप्रवचन गर्नुभएको थियो । यस पवित्र स्थलमा पाईला टेक्ने सौभाग्यले हृदय पुलकित भयो । जयबुद्द 🌷🙏🏻

Inauguration of Diamond Buddhist Centre UK - 16th May 2922.
15/08/2024

Inauguration of Diamond Buddhist Centre UK - 16th May 2922.

Inauguration of the first Nepalese Buddhist temple (Gumba) in London. Gumba Inauguration By Mr Sumal Kumar Gurung and Mohan Gurung in presence of Khimpo Shir...

Address

17A Willenhall Road
Woolwich Common

Alerts

Be the first to know and let us send you an email when DBC UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share