Nepal Hindu Samaj - नेपाल हिन्दु समाज

Nepal Hindu Samaj - नेपाल हिन्दु समाज Nepal Hindu Samaj नेपाल हिन्दु समाज संगठन, हिन्दु समाजको जनचेतनाको लागि यो Page Like र follow गर्नुहोला।

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...
14/10/2025

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

01/10/2025

विजया दशमीको टीका विशेष मन्त्रहरू:

पुरुषलाई टीका लगाउँदाको मन्त्र:
यस मन्त्रमा पुरुषको लामो आयु, समृद्धि र शत्रुमाथि विजयको कामना गरिन्छ:

आयुर् द्रोणसुते श्रियं दशरथे शत्रुत्वं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

अर्थ:
आयुः द्रोणसुते: द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घायु प्राप्त होस्।
श्रियं दशरथेः राजा दशरथको जस्तो श्रीसम्पत्ति प्राप्त होस्।
शत्रुत्वं राघवे: भगवान् रामको जस्तो शत्रुमाथि विजय प्राप्त होस्।
ऐश्वर्यं नहुषे: राजा नहुषको जस्तो ऐश्वर्य प्राप्त होस्।
गतिश्च पवने: वायुको जस्तो गति प्राप्त होस्।
मानं च दुर्योधने: दुर्योधनको जस्तो मान (सम्मान) प्राप्त होस्।
शौर्यं शान्तनवे: भीष्मको जस्तो शौर्य (वीरता) प्राप्त होस्।
बलं हलधरे: बलरामको जस्तो बल प्राप्त होस्।
सत्यं कुन्तीसुते: युधिष्ठिरको जस्तो सत्यवादिता प्राप्त होस्।
विज्ञानं विदुरे: विदुरको जस्तो ज्ञान प्राप्त होस्।
कीर्तिश्च नारायणे: नारायणको जस्तो कीर्ति प्राप्त होस्।

महिलालाई टीका लगाउँदाको मन्त्र
----------------------------------
यस मन्त्रमा महिलाको सुस्वास्थ्य, सौभाग्य र ऐश्वर्यको कामना गरिन्छ:

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।

अर्थ:
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी: हे दुर्गा देवी! जो हर तरहले विजय दिने, कल्याण गर्ने, दुष्टको नाश गर्ने, कल्याणकारी र संहारिणी हुनुहुन्छ।
दुर्गा, क्षमा, शिवा, धात्री: हे दुर्गा! जो क्षमाशील, कल्याणकारी, सबैको रक्षा गर्ने, स्वाहा र स्वधा स्वरूप हुनुहुन्छ।
नमोऽस्तु ते: तपाईलाई मेरो नमस्कार छ।
विजया दशमीको सामान्य आशिर्वाद
टीका लगाउँदा सामान्यतया दिइने आशिर्वाद:
शिरमा टीका सधैँ अटल रहोस्।
धनधान्यले घर भरियोस्।
आयु, विद्या, बुद्धि र विवेक बढोस्।
सदबुद्धि र असल विचारले तपाईंको जीवनमा सफलता ल्याओस्।
सबै दुष्टहरू परास्त होऊन् र तपाईंको जीवनमा खुसी छाओस्।

🌺 विजया दशमी - टीका विशेष पोस्ट 🌺📅 आज: विजया दशमी (टीका) – दशैँको मुख्य दिन🌼 टीका, जमरा, आशिष र आत्मीयताको पर्व!आजको दिन...
01/10/2025

🌺 विजया दशमी - टीका विशेष पोस्ट 🌺
📅 आज: विजया दशमी (टीका) – दशैँको मुख्य दिन
🌼 टीका, जमरा, आशिष र आत्मीयताको पर्व!
आजको दिन ज्येष्ठजनको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने शुभ अवसर हो।
🎉 यो पर्व केवल धार्मिक नभई सामाजिक एकता र पारिवारिक माया को प्रतीक हो।
🙏 माता दुर्गाको आशीर्वादले
तपाईंको जीवनमा स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्।
📸 टीका लगाएको फोटोमा "जय माता दुर्गा!" लेखेर शेयर गर्न नबिर्सनुहोस्।
📢 तपाईं सबैमा हाम्रो तर्फबाट:
शुभ विजया दशमी 2082!
शक्ति, भक्ति र समृद्धिको कामना!
#विजया_दशमी #सनातनधर्म

29/09/2025

🌍 दशैं टीका ग्रहण गर्ने स्थानीय समयहरू

| देश / सहर | स्थानीय मिति र समय |

| 🇳🇵 नेपाल | अक्टोबर २ (आश्विन १६) – बिहान ११:५३ |
| 🇮🇳 भारत (दिल्ली) | अक्टोबर २ – बिहान ११:४९ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – न्युयोर्क | अक्टोबर १ – बिहान ११:२५ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – फ्राङ्कफर्ट, केन्टकी | बिहान ११:५७ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – ओवेन्सबोरो, केन्टकी | बिहान ११:०५ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – टेक्सास | बिहान ११:३३ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – वाशिङटन डी.सी. | बिहान ११:३५ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – क्यालिफोर्निया | बिहान ११:११ |
| 🇺🇸 संयुक्त राज्य अमेरिका – कोलोराडो | बिहान ११:२९ |
| 🇨🇦 क्यानडा – टोरोन्टो | अक्टोबर १ – बिहान ११:५५ |
| 🇨🇦 क्यानडा – भ्यानकुवर | बिहान ११:३३ |
| 🇯🇵 जापान (टोकियो) | अक्टोबर २ – बिहान ११:३१ |
| 🇦🇺 अष्ट्रेलिया – सिड्नी | अक्टोबर २ – बिहान ११:४३ |
| 🇦🇺 अष्ट्रेलिया – मेलबर्न | बिहान ११:१९ |
| 🇦🇺 अष्ट्रेलिया – ब्रिस्बेन | बिहान ११:५३ |
| 🇦🇺 अष्ट्रेलिया – एडिलेड | बिहान ११:३५ |
| 🇦🇺 अष्ट्रेलिया – क्यानबेरा | बिहान ११:५१ |
| 🇦🇺 अष्ट्रेलिया – तस्मानिया | बिहान ११:४५ |
| 🇦🇺 अष्ट्रेलिया – पर्थ | बिहान ११:२५ |
| 🇦🇺 अष्ट्रेलिया – डार्विन | बिहान ११:४७ |
| 🇳🇿 न्युजिल्याण्ड (वेलिङ्टन) | अक्टोबर २ – बिहान ११:२३ |
| 🇵🇹 लिस्बन (पोर्चुगल) | बिहान ९:२३ |
| 🇬🇧 लन्डन (बेलायत) | बिहान ९:१७ |
| 🇫🇷 पेरिस (फ्रान्स) | बिहान ९:५७ |
| 🇳🇴 ओस्लो (नर्वे) | बिहान १०:०३ |
| 🇨🇭 जेनेभा (स्विजरल्याण्ड) | बिहान १०:२५ |
| 🇲🇹 माल्टा | बिहान १०:५५ |
| 🇲🇾 क्वालालम्पुर (मलेसिया) | बिहान ११:११ |
| 🇦🇪 अबुधाबी (युएई) | बिहान १०:५५ |
| 🇶🇦 दोहा (कतार) | बिहान १०:१३ |
| 🇹🇭 बैंकक (थाइल्याण्ड) | बिहान १०:४५ |
| 🇰🇷 सिओल (दक्षिण कोरिया) | बिहान १०:५७ |
| 🇮🇱 तेल अविभ (इजरायल) | बिहान ११:३५ |
| 🇸🇬 सिङ्गापुर | बिहान ११:०९ |
| 🇭🇰 हङकङ | बिहान ११:४५ |
| 🇸🇦 रियाद (साउदी अरब) | बिहान १०:५५ |
| 🇲🇲 याङ्गुन (म्यानमार) | बिहान १०:२७ |

29/09/2025

🕉️ विजया दशमीको मंगलमय शुभकामना! 🕉️
नेपाली हिन्दूहरूको महान् चाड दशैँको सुरुवात भइसकेको छ! 🇳🇵

दशैँ केवल चाड मात्र होइन,
⚔️ सत्यको असत्यमाथि विजय को प्रतीक हो,
👪 परिवारसँगको आत्मीयता को अवसर हो,
🙏 आस्थाको पुनर्जागरण को क्षण हो।

🔱 माता दुर्गाले महिषासुरको वध गरी धर्मको रक्षा गरेकी थिइन्। आज पनि, हामी दशैँ मा तिनै शक्तिको स्मरण, उपासना र पूजन गर्छौँ।

📿 घटस्थापनादेखि विजया दशमीसम्म,
हर दिन देवीका नव स्वरूपहरूको पूजा गरिन्छ —
शक्तिको आराधना, संस्कृतिको संरक्षण!

🎉 यस वर्षको दशैँले तपाईंको जीवनमा
शक्ति, शान्ति र समृद्धि ल्याओस्।

🙏 "जय माता दुर्गा!" लेखेर आस्था व्यक्त गर्नुहोस्।
📢 यो सन्देश शेयर गरेर हाम्रो सनातन संस्कृति फैलाऔँ!

#सनातनधर्म #जयमातादुर्गा #विजयादशमी

हरे कृष्ण, हरे मुरारी,पूजा करे इनकी दुनिया सारी,आओ राधे-श्याम का नाम जपें,मिट जाएं दुविधाएं सारी।कृष्ण जन्माष्टमी की हार...
29/08/2021

हरे कृष्ण, हरे मुरारी,
पूजा करे इनकी दुनिया सारी,
आओ राधे-श्याम का नाम जपें,
मिट जाएं दुविधाएं सारी।
कृष्ण जन्माष्टमी की हार्दिक शुभकामनाएं

24/08/2021

अब केहि सोच्ने बेला पो आयो की ?
१. टुप्पी पाल्न छोड्यौ !
२. टोपी छोडियो !
३. तिलक चन्दन छोडियो !
४. धोति, दौरा सुरुवा छोडियो !
५. जनै छोडियो !
६. साँझ विहानको गायत्री मन्त्र छोडियो !
७. रामायण पाठ , गीता पाठ छोडियो !
८. महिला दिदीबहिनीले फरिया छोड्नु भो, नाकको
फुली छोड्नु भो, नौगेडी छोड्नु भो, कपालको
धागो छोड्नुभो, अब सिन्दुर छोड्दै हुनुहुन्छ !
९. पैसा र यौनको लागी बच्चा छोडियो !
१०. संस्कृत छोडियो, नेपाली भाषामा पढ्नेलाई
हेला गर्न थालियो !
११. श्लोक छोडियो, भजन छोडियो !
१२. बच्चाको सबै संस्कार छोडियो, न्वारन जेनतेन
गरिदै छ !
१३. साँझ विहान भेट भएको बेला राम-राम भन्न छोडियो !
१४. चरण स्पर्श, दण्डवत छोडियो !
१५. आफ्नो खुसीको लागी बुढेसकालका बाबु-आमा छोडियो !
आफ्ना रितिरिवाज परम्परा सबै छोड्दै आएपछि अब हामी
कसरी सनातनी रह्यौ?
हिन्दुको बच्चाको जन्मदिनमा केक काट्न कसले सिकायो?
आमाको मुख हेर्ने दिनमा केक काट्न कसले सिकायो ?
आफ्नो धर्म जोगाउन तपाइले कुनकुन परम्परालाई
निरन्तरता दिनुभएको छ ?
जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ, त्यसरी नै
एकदिन समाप्त पनि हुनेछौ !
*मुसलमानले न दारी छोडे, न दिनमा ५ पटक नवाज छोडे !
* बौद्ध धर्म मान्नेले न पहिरन छोडे, न शिर मुण्डन छोडे !
* ईसाई वाला हप्तामा एकदिन चर्च अनिवार्य जान्छ !
हामी हिन्दु हाम्रो पहिचान र संस्कार बाट किन दुर हुँदै छौ?
गुरुकुल को शिक्षा*, *यज्ञ*, *शस्त्र-शास्त्र*, *नित्य मन्दिर जाने
संस्कार कँहा हरायो ?
हामी हाम्रो संस्कार बाट विमुख भयौ , यहि कारण हामी विलुप्त हुँदै छौ !
त्यसैले आफ्नो पहचान बचाउँ ! आफ्नो मूल-संस्कारको अपनाऔं !!!*
सकिन्छ दिनमा एकपटक नसके हप्तामा एकपटक आफ्नो
बच्चाको साथमा मन्दिर जान सुरु गरौ !🙏

‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’अर्थात्,‘गुरु नै ब्रह्मा ह...
24/07/2021

‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
एकफेर सोचौँ न, हामीलाई जिन्दगीले कति धेरै कुराहरू सिकाएको छ । जस्तै हामी सही र गलतमा फरक छुट्याउन सक्छौँ । वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौँ । तपाई हामीले कुनै बखत सही कुरा र पथ छान्यौ या छानेनौँ भनेपनि हामीले आफ्ना पाइलाहरू कतातिर जाँदैछ भनी अरु कसैलाई सोध्नै पर्दैन । हृदयको स्पन्दनले आफैँ हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ ।
गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।
सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वको सही उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !

Address

Hounslow
London

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Hindu Samaj - नेपाल हिन्दु समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepal Hindu Samaj - नेपाल हिन्दु समाज:

Share